सामाजिक सुरक्षा

This page was last updated on: 2024-03-30

पेन्सनको अधिकार

नेपालको श्रम ऐनले सामान्यतया श्रमिकहरूको अनिवार्य सेवानिवृत्ति ५८ वर्ष पुरा भएपछि तोकेको छ । तथापि, कुनै उद्यमले कुनै खास व्यवसाय वा विशेष प्रकृतिका कामका लागि ५८ वर्षभन्दा कम उमेरको अवकाश उमेर तोक्न चाहेमा आधार र कारणसहित केन्द्रीय श्रम सल्लाह परिषदमा आवेदन दिन सक्छ ।

कुनै कर्मचारीले सेवा निवृत्त भई सेवाबाट अवकास प्राप्त गरेमा सम्बन्धित कार्यालय वा कर्मचारी अभिलेख कार्यालयले कर्मचारीले अवकाश पाउने मिति तोकी ६ महिनाअगावै सञ्चयकोषलाई जानकारी गराउनु पर्नेछ ।

संचयकोष सामान्यतया सरकारी कर्मचारीहरूलाई लागु हुन्छ । दश वा धेरै श्रमिक भएको सँस्थाका लागि ऐच्छिक प्रावधान छ । कर्मचारीले आफ्नो मासिक आम्दानीको १० प्रतिशत रकम सञ्चय कोषलाई तिर्नुपर्छ वा रोजगारदाताले आफ्नो पेरोलबाट सो बराबरको रकम कट्टी गर्न सक्छन् । रोजगारदाताले उस्तै अनुपात (१०%) हरेक कर्मचारीका लागि योगदान गर्छ । वृद्धावस्था को लाभ: नियोक्ता र कर्मचारी योगदान को एकमुश्त रकम र 6.75% वार्षिक ब्याज हो। निवृत्तिभरण कोषमा जम्मा भएको सञ्चयकोषको रकम वा अन्य जम्मा भएको उस्तै कोष सामाजिक सुरक्षा कोषमा रकमान्तर हुन्छ ।

संचयकोषमा भएको रकम (रोजगारदाता र कर्मचारीको एकमुष्ट योगदान) जेसुकै कारणले भएपनि रोजगारको अन्त्य हुँदा वा अवकाशमा भुक्तानी गर्न सकिनेछ ।

श्रोत : श्रम ऐन ०७४ को §५२ र १४७; श्रम नियम २०७५ को §७३; कर्मचारी संचयकोष २०७७ को §१२, १४ १५ क र १५ ख (२)

आश्रितले पाउने सुविधा

नेपालको कर्मचारी संचयकोष ऐन २०७७ अन्तर्गत, श्रमिकको मृत्यु भएमा, इच्छापत्र अनुसार मनोनितहरूलाई कोषको रकम प्राप्त गर्ने हक हुन्छ । यदि, कुनै कर्मचारीको सेवाको निरन्तरता नभएपछि, कर्मचारी उक्त कोषको रकम लिन नआए र मनोनित पनि दुई वर्ष नौ महिनासम्म उक्त रकम लिन नआए, रोजगारदाताले सूचना प्रकाशित गर्नु पर्छ । यदि उक्त सूचना पछि पनि इच्छाएको व्यक्ति नआएमा, अंशसम्बन्धी प्रचलित कानुन अनुसार हकवालाले त्यो रकम पाउने हक हुन्छ ।

श्रम ऐन, २०७४ अनुसार कुनै कामदारको दुर्घटनाबाट मृत्यु भएमा वा मानसिक वा शारीरिक रुपमा पूर्णरुपमा अशक्त भएमा त्यस्तो श्रमिक वा निजको उत्तराधिकारीले बीमा रकमको शतप्रतिशत बराबरको क्षतिपूर्ति पाउने व्यवस्था छ । तोकिएको आश्रित वा हकवालालाई पहिलेको झिकेको रकम घटाएर रोजगारदाता र रोजगारदाताको योगदान गरेको रकम र आर्जित व्याज सहित त्यस्तो एकमुष्ट रकम प्रदान गरिनेछ । यदि एकभन्दा धेरै आश्रित भएमा, उक्त रकम बराबर भाग लगाइन्छ । उक्त सुविधाको भुक्तानी राज्य-नियन्त्रित संचयकोषबाट भुक्तानी गरिन्छ । यदि श्रमिक आफ्नो खाताको पुरा रकम निकाल्नु अघि मृत भएमा आश्रितले पाउने सुविधा आश्रित वा कानुनी हकदारलाई भुक्तानी गरिनेछ ।

श्रोत: श्रम ऐन २०७४ को §५२ र ५५; नेपाल कर्मचारी संचय कोष ऐन २०७६

अशक्तता भत्ता

कोषको सदस्यको आंशिक वा स्थायी अपांगता भएमा वा दुर्घटनामा मृत्यु भएमा व्यक्तिगत दुर्घटना वीमा संचयकोषले व्यहोर्छ । यसका विपरीत, अपाङ्गता भत्ता व्यक्ति दृष्टिविहिन भएको पाइएमा वा हात वा गोडा नचल्ने भएमा १६ वर्ष वा माथिको उमेरकालाई सामाजिक सहायताले व्यहोर्छ ।

वृद्ध भत्ता/पेन्सन अधिकार अन्तर्गत श्रमिक र कर्मचारीको योगदानको दर तोकिएको छ । कर्मचारीले आफ्नो मासिक आम्दानीको १०% संचय कोषलाई दिनै पर्छ, अथवा रोजगारदाताले बराबरको रकम तलबबाट घटाउन सक्नेछ । यद्दपी, अपाङ्गता भत्ताका रुपमा सामाजिक सहायताका लागि, केवल नेपाली नागरिकहरू मात्र योग्य छन्, र कुनै रकम भुक्तानी गर्नुपर्ने हुदैन ।

संचय कोषबाट २००,००० रुपैयाको एकमुष्ट भुक्तानी व्यक्तिगत दुर्घटना वीमा अन्तर्गत पूर्ण अपाङ्गताका लागि भुक्तानी गरिन्छ । आंशिक अपाङ्गताका लागि, मुल्यांकन गरिएको अपाङ्गताको स्तर अनुसार एकमुष्ट १०,०००० रुपैया वा २५,००० रुपैया भुक्तानी गरिन्छ । सामाजिक सहायताबाट अपाङ्गता भत्ताका लागि पूर्ण अपाङ्गताका लागि मासिक २००० रुपैया र आंशिक अपाङ्गताका लागि मासिक ६०० रुपैया भुक्तानी गरिन्छ ।

श्रम ऐन २०७४ अनुसार, यदि दुर्घटनाका कारण कुनै श्रमिक मानसिक वा शारीरिक रुपमा पूर्ण अशक्त भएमा, वीमाको रकमको १०० प्रतिशत बराबरको क्षतिपूर्ति प्राप्त गर्न उक्त श्रमिक वा हकवालालाई हक हुन्छ ।

श्रोत: श्रम ऐन २०७४ को § ५२ र ५५ (३); नेपालका लागि सामाजिक सुरक्षा विवरण २०७५

 
Loading...