क्षतिपूर्ति

This page was last updated on: 2024-03-30

ओभरटाइमको क्षतिपूर्ति

सामान्य काम गर्ने अवधि ८ घण्टा प्रतिदिन र ४८ घण्टा प्रति हप्ता हो । "कार्यावधि" लाई आराम गर्नका लागि विश्राम गर्ने समय र खाना खाने समयदेखि बाहेक रोजगारदाताले काम गराउने समय भनेर परिभाषित गरिएको छ । श्रम ऐन, २०७४ अन्तर्गतको सामान्य वा निर्धारित समयभन्दा धेरै कुनै दिन वा हप्तामा गरिएमा, अर्थात् ८ घण्टा हरेक दिन र ४८ घण्टा हरेक हप्ता भन्दा धेरै भएमा ओभरटाइम हुन्छ । यसका अतिरिक्त, त्यस्तो काम जुन श्रमिकलाई सट्टा विदा नदिई रोजगारदाताले लगाएको हुन्छ त्यस्तो कामलाई पनि ओभरटाइम भनिन्छ । ओभरटाइम समेत गरेर, अत्यधिक समय, दिनको बाह्र घण्टाभन्दा बढी, र औसतमा; कुनै सालमा हप्ताको बहत्तर घण्टाभन्दा धेरै हुनुहुदैन । तसर्थ, अधिकतम ओभरटाइम दिनको चार घण्टा र हप्तामा २४ घण्टा हो ।

श्रमिकलाई काम गर्ने कार्यावधिभन्दा धेरै काम गर्न वाध्य पार्नु कानुनले निषेध गरेको छ; यद्दपी, उक्त काम नगरेमा यदि कुनै व्यक्तिको जीवन, सुरक्षा, स्वास्थ्यमा हानी हुने भएमा वा रोजगारदातालाई गम्भीर नोक्सानी वा क्षति हुने भएमा, सम्बन्धित श्रमिकले ओभरटाइम गर्नु पर्ने हुन सक्छ । ओभरटाइमको समयका लागि, रोजगारदाताले नियमित कार्यावधिमा प्राप्त गर्नु पर्ने आधारभूत पारिश्रमिकको १.५ गुणा (१५०%) को दरले पारिश्रमिक भुक्तानी गर्नु पर्छ । यदि श्रमिक प्रवन्धकको तहमा कार्यरत भएमा, ओभरटाइम काम गरे वापत प्राप्त हुने अतिरिक्त पारिश्रमिकको साटो उक्त सामूहिक सम्झौताले रोजगारको सम्झौतामा उल्लेख भएका निश्चित लाभ वा प्रावधान उपलब्ध गराउन पनि अनुमती दिन्छ ।

श्रोत: §२९, ३०, र ३१ श्रम ऐन, २०७४

रात्रीकालीन कामको क्षतिपूर्ति

श्रम ऐन वा श्रम नियमामा रात्रीकालीन काम र क्षतिपूर्तिको प्रावधान भेट्टाउन सकिएन ।

पूरक विदा/विश्राम लिने दिनहरू

देशमा श्रम ऐन २०७४ ले काम गर्ने समयको नियमन गर्दछ । सामान्य कार्यावधि दिनको ८ घण्टा र हप्ताको ४८ घण्टा हो, पाँच घण्टाको निरन्तर काम गरेपछि आदा घण्टा आराम गर्ने समय सहित । कानुन अनुसार उपलब्ध गराइएका आराम गर्ने समय काम गरेको समयमा नै गनिन्छ । ओभरटाइम समेत गरेर, अधीकतम काम गर्ने समय, दिनको १२ घण्टा र हप्ताको ९० घण्टा हो । ओभरटाइम गरेको समय दिनको चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा धेरै हुनु हुदैन ।

नेपाल बाल श्रम(निषेध र नियमित गर्ने) ऐन, २०५६ ले "बाल/बालिका" भनेको सोह्र वर्ष पूरा नभएको नाबालिग भनेर परिभाषित गरेको छ । कानुनले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बालबालिकाहरूलाई काममा लगाउन निषेध गरेको छ । श्रमिकलाई अतिरिक्त पारिश्रमिक दिए वा नदिएपनि नावालीगहरूका लागि काम गर्ने अवधि दिनको छ घण्टा र हप्ताको ३६ घण्टाभन्दा धेरै हुन सक्दैन । बाल श्रमिकहरूलाई ३ घण्टाको निरन्तर काम गरेपछि ३० मिनट आराम गर्न दिनु पर्छ । कानुन अनुसार उपलब्ध गराइएका आराम गर्ने समय काम गरेको समयमा नै गनिन्छ । साप्ताहिक आराम (हप्ताको एक दिन) पूर्ण रुपमा भुक्तानी सहित हुन्छ ।

श्रोत: श्रम ऐन, २०७४ को §२८ र ३०; नेपाल बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ को §9

सप्ताहिक/सार्वजनिक विदाको पुरण गर्ने

श्रम कानुनले निरन्तर गर्नुपर्ने काममा संलग्न कामदारलाई साप्ताहिक विश्राम दिन वा सार्वजनिक बिदाको कुनै पनि दिन काम गरेकोमा वैकल्पिक बिदा प्राप्त गर्न अधिकार दिएको छ । तसर्थ, यसले सार्वजनिक वा साप्ताहिक विदाको दिन काम गरे वापत पूरक विदा प्रदान गर्छ । त्यस्तो श्रमिक जसलाई साप्ताहिक विदा वा सार्वजनिक विदाको दिन काम लगाइएको छ, निजलाई उक्त काम गरेको २१ दिनभित्र सट्टा विदा उपलब्ध गराइन्छ । कानुन अन्तर्गत, साप्ताहिक विदा र सार्वजनिक विदामा गरेको कामका लागि कुनै प्रिमियम दर तोकिएको छैन । ओभरटाइम नमानिएसम्म साप्ताहिक विदाको दिन वा सार्वजनिक विदाका दिन काम गरेमा त्यस वापत रकम भुक्तानी गर्ने कुनै विशेष प्रावधान छैन । त्यस्तो भएको खण्डमा, श्रमिकले साप्ताहिक विदाका दिन काम गरेमा सामान्य दरको १५०% प्राप्त गर्नेछ ।

श्रोत: श्रम ऐन, २०७४ को § ३१ र ४२

 
Loading...