बच्चा स्याहार्नका लागि विश्राम

This page was last updated on: 2024-03-30

बच्चा स्याहार्नका लागि विश्राम

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनले कार्यस्थलमा स्याहार गर्ने प्रवन्धका बारे बोलेको छ, तर विशुद्ध रुपमा तलबसहितको विश्रामको उल्लेख गरेको छैन ।सरकारी, गैरसरकारी वा निजी संस्था वा संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलाले बच्चा जन्मेको दुई वर्षसम्म कार्यालय समयमा स्तनपान गराउन आवश्यक व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था छ ।

श्रम ऐन २०७५ को नियम अनुसार, रोजगारदाताहरूले गर्भवती वा तिन वर्षभन्दा साना बच्चा भएका महिला कर्मचारीहरूलाई स्तनपान गराउने प्रयोजनका लागि अतिरिक्त आदा घण्टाको विश्राम समय उपलब्ध गराउनै पर्छ । उक्त विश्राम अवधि एकैपटक वा ससाना अन्तरालमा लिन सकिनेछ । उपलब्ध गराइएका आराम गर्ने समय काम गरेको समयमा नै गनिन्छ ।

श्रोत:सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार, २०७५ को §१३ (३) ; श्रम नियम २०७५ को §१७

 
Loading...