अपाङ्गता

This page was last updated on: 2024-03-30

अपाङ्गता/काममा चोटपटक लागेमामा पाउने सेवा सुविधा

श्रम ऐन २०७४ ले त्यस्तो श्रमिक (कोषको सदस्य रहेको) जो दुर्घटनाका कारण मानसिक वा शारीरिक रुपमा पूर्ण अशक्त हुन्छ एकमुष्ट ७,०००,०० रुपैयाको दुर्घटना वीमाको हक प्रदान गर्दछ । यसका अतिरिक्त, उक्त कर्मचारीलाई काममा चोट लागे वापत पूर्ण सुविधाको हक हुन्छ (पूर्ण १००% अपाङ्गता मूल्यांकन गरिएकाका लागि ७००,००० रुपैया । १००% भन्दा कम (आंशिक अपांगता) मूल्यांकन गरिएको अपाङ्गताको तहका लागि, पूर्ण स्थायी अपांगता वापतको सुविधाको एउटा प्रतिशत भुक्तानी गरिन्छ । एक अधिकृत चिकित्सकले अशक्तता प्रतिशत निर्धारण गर्दछ। अस्थायी अपाङ्गताका लागि कानुनमा कुनै नियम छैन । कर्मचारीको मृत्यु भएमा, आश्रितलाई एकमुष्ट ७००,०००० रुपैया दिनु पर्छ ।

रोजगारदाताले श्रमिकको आवश्यकता अनुसार बीमा पोलिसी सदस्यता नलिएको वा गम्भीर गल्ती वा लापरबाहीका कारण सम्बन्धित श्रमिक वा कानूनी उत्तराधिकारीले बीमाङ्क रकम प्राप्त गर्न नसकेमा रोजगारदाताले सम्बन्धित श्रमिक वा कानूनी उत्तराधिकारीलाई बीमाङ्क रकम बराबरको रकम भुक्तानी गर्नु पर्छ ।

श्रोत: श्रम ऐन, २०७४ को §५५ र ५६

 
Loading...