जबरजस्ती श्रम

This page was last updated on: 2024-03-30

जबर्जस्ती र अनिवार्य श्रममा प्रतिवन्ध

नेपालको संविधानले जबर्जस्ती श्रमलाई कडाइका साथ प्रतिवन्ध लगाएको छ । नेपालको संविधान धारा २९ (उपधारा ३ र ४) ले निम्न कुरा उल्लेख गरेको छ: "कुनैपनि व्यक्तिको मानव ओसारपसार गर्न वा बँधुवा मजदुर बनाउनु हुदैन, र यस्तो कार्य कानुनि रुपमा दण्डनीय हुनेछ" र "कुनै व्यक्तिलाई जबर्जस्ती श्रममा लगाउनु हुदैन" । तसर्थ, नेपालको संविधान अन्तरगत, जबर्जस्ती श्रमसँग सम्बन्धित कसुर दण्डनीय छ ।

श्रम ऐन २०७४ मा जबर्जस्ती श्रममा साधारण प्रतिवन्ध उल्लेख गरिएको छ । यसले कुनै पनि व्यक्तिलाई जबर्जस्ती श्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगाउन मिल्दैन भन्छ । उक्त ऐनले त्यस्तो काम वा सेवा नगरेमा आर्थिक, शारीरिक वा मानसिक प्रभाव पर्ने त्रासका कारण आफ्नो इच्छा विरुद्ध गरेको कुनै काम वा सेवालाई जबर्जस्ती श्रमका रुपमा परिभाषित गर्छ ।

कानुनले जबर्जस्ती गराइने बालश्रमलाई पनि प्रतिवन्धित गरेको छ । बाल श्रम (रोकथाम र नियमन गर्ने) ऐनले कुनै बालबालिकाको इच्छा विरुद्ध अनुनय गरेर, फुस्ल्याएर, अथवा उनीहरूलाई प्रभावमा पारेर वा त्रास वा करकापमा पारेर वा अन्य माध्यमबाट बालबालिकालाई श्रमिकका रुपमा लिन बन्देज लगाएको छ ।

श्रोत: नेपालको संविधानको §४, ३, र ५ ; श्रम ऐन २०७४ §४ र १६४; बाल श्रम (रोकथाम र नियमन गर्ने) ऐन २०५६ को §३ (२) र ४

काम बदल्ने र छाड्ने स्वतन्त्रताको अधिकार

ऐच्छिक समाप्तिको विकल्प छ, जसमा लिखित रुपमा श्रमिकले रोजगारदातालाई राजीनामा दिन सक्छ, जुन रोजगारदाताको विशुद्ध स्वीकृति सहित वा बिना १५ दिन कटेपछि स्वतः स्वीकृत भएको मानिन्छ ।

खराब आचरणको आधारमा रोजगारको अन्त्यदेखि बाहेक, रोजगार अन्त्य गर्नका लागि रोजगारदाता वा श्रमिकले लिखित सूचना दिनु पर्छ । सूचनाको अवधि सेवाको अवधिमा भर पर्ने गरी एक दिनदेखि तिस दिनसम्मको हुन्छ ।

यसका बारे थप जानकारीका लागि, कृपया रोजगार सुरक्षामा हेर्नुहोस्

श्रोत: श्रम ऐन २०७४ को §१४१ र १४४

अमानवीय अवस्था

दिनको आठ घण्टाभन्दा बढी र हप्ताको ४८ घण्टाभन्दा धेरै काम श्रमिकलाई लगाउन मिल्दैन । हरेक पाँच घण्टाको आराम गर्ने आधा घण्टाको समयलाई पनि कार्यावधिमा गनिन्छ । जहाँ श्रमिकले ओभरटाइम काम गर्नु पर्ने हुन्छ, उक्त ओभरटाइमको समय दिनको चार घण्टा र हप्ताको २४ घण्टाभन्दा बढी हुनुहुदैन । अधिकतम काम गर्ने साप्ताहिक समय, ओभरटाइम सहित तसर्थ ७२ घण्टा हो ।

यसमा थप जानकारीका लागि, कृपया काम गर्ने समयको दफा हेर्नुहोस् ।

श्रोत: §२८ र ३०, श्रम ऐन २०७४

 
Loading...