Job Protection

This page was last updated on: 2024-03-30

कुनै हानीकारक काम हुदैन

नेपालको श्रम ऐन २०७४ ले गर्भवती महिलाहरूलाई स्वास्थ्यमा हानी गर्ने काममा लगाउन रोजगारदाताहरूलाई निषेध गरेको छ । कानुन अनुसार गर्भवती श्रमिकले रोजगारदातालाई चिकित्सकको रिपोर्ट मार्फत सुचित गर्नु पर्छ ।

यो जानकारी प्राप्त गरेपछि, रोजगारदाताले महिला श्रमिकलाई त्यस्तो काममा लगाउनु पर्छ जसले उनको स्वास्थ्यमा असर पार्दैन । यो उनको काम गर्ने समय, ओहदा, वा काम बदलेर वा विदामा पठाएर हुन सक्छ । माथिको कुनै पनि कार्यलाई विभेद ठान्नु हुदैन । सामान्यतया रात्रिकालीन कामका लागि महिला श्रमिकहरूलाई प्रतिवन्ध छैन किनकि रोजगारदाताहरूले रात्रीकालीन महिला श्रमिकहरूलाई यातायात उपलब्ध गराउनै पर्छ । यद्दपी, यो स्पष्ट छैन गर्भवती श्रमिकलाई रात्रीकालीन कामको अनुमती छ की छैन भनेर ।

श्रोत: श्रम ऐन २०७४ को §६ (२क), ३३, र ८१

वर्खास्त हुनेबाट सुरक्षा

गर्भवती श्रमिक वा सुत्केरी/पितृत्व विदामा भएका श्रमिकलाई बर्खास्तगीबाट सुरक्षा सम्बन्धी कुनै निश्चित कानुनी प्रावधान छैन ।

रोजगारको अधिकार ऐन २०७५ मा बिना कारण श्रमिकलाई कामबाट हटाउन सामान्य वन्देज छ । सम्बन्धित रोजगार सेवा केन्द्रमा, कारण खुलाएर, रोजगारमा निरन्तरताका लागि कर्मचारीलाई निवेदन हाल्ने अधिकार छ ।

श्रोत: रोजगारको अधिकार सम्बन्धी ऐन २०७५ को §७

उही पदमा फर्कन पाउने अधिकार

सुत्केरी विदावाट उही पदमा फर्कने श्रमिकको अधिकार सम्बन्धी कुनै कानुनको प्रावधान छैन ।

 
Loading...