वार्षिक विदा र छुट्टीहरू

This page was last updated on: 2024-03-30

तलबी विदा/वार्षिक छुट्टी

नेपाली श्रम ऐनले वार्षिक विदा वा छुट्टीका लागि "घर विदा" शब्दको प्रयोग गर्दछ । हरेक श्रमिकलाई २० दिन काम गरे वापत एक दिनको घर विदाको हक हुन्छ (वर्षको १८ दिन वार्षिक विदा बराबर) । यद्दपी, त्यस्ता श्रमिकहरू जो शैक्षिक सँस्थामा काम गर्छन् वा जसले गर्मी वा जाडोको विदा पाउछन्, उनीहरूलाई घर विदा लिने हक हुदैन । घर विदा पूर्ण रुपमा तलबी हुन्छ र ९० दिनसम्मका लागि संचित गर्न सकिन्छ ।

वार्षिक विदाको अवधि सेवा अवधिसँग सम्बन्धित छैन । त्यसैगरी, नावालीग श्रमिकहरू पनि वयस्क श्रमिकहरू जतिकै (सेवाको हरेक वर्षका लागि १८ दिन) विदा पाउन योग्य हुन्छन् ।

कानुनले ९० दिनसम्म वार्षिक विदा संचय गर्ने अनुमती दिन्छ । तसर्थ, श्रमिकहरूले घर वा वार्षिक विदा पाँच वर्ष सम्म संचित गर्न पाउछन् । त्यस्तो श्रमिक जसको संचित विदा ९० दिनभन्दा धेरै हुन जान्छ, सो ९० दिनभन्दा माथिको अवधिका लागि वार्षिक विदाको साटो भुक्तानी प्राप्त गर्ने हक निजलाई हुन्छ । त्यसैगरी, सम्झौता अन्त्य भएमा वा श्रमिकको मृत्यु भएमा वार्षिक विदाको साटो भुक्तानीका लागि अनुमती हुन्छ । श्रमिकको मृत्यु भएमा, उक्त भुक्तानी श्रमिकका आश्रितहरूलाई दिइन्छ ।

श्रोत: श्रम ऐन २०७४ को §४३ र ४९

सार्वजनिक विदामा भुक्तानी

श्रम ऐन २०७४ ले सबै श्रमिकहरूलाई तलबी सार्वजनिक विदाको व्यवस्था गरेको छ । पुरुष श्रमिकहरूका लागि वार्षिक तलबी विदा १३ दिन हो । अन्तरराष्ट्रिय नारी दिवस समावेश भएका कारण महिला श्रमिकहरूका लागि सार्वजनिक विदा बढेर १४ दिनको छ । उद्योगको हकमा सार्वजनिक विदाहरू त्यसका नियामक निकायले (भएको खण्डमा) तय गर्नेछ भने अन्य अवस्था रोजगारदाताले निर्धारण गरे बमोजिम हुनेछ ।

नेपाल राजपत्र २०७७ बमोजिम सार्वजनिक विदा बढेर पन्ध्र दिन भएको छ, जसमा नेपाल नयाँ वर्ष (बैशाख १ गते), मे दिवस (अन्तरराष्ट्रिय श्रम दिवस), बुद्ध जयन्ती (वैशाख पुर्णिमा), संविधान दिवस (राष्ट्र दिवस, असोज ३ गते), दशैँ (५ दिन, चन्द्रमाको अवस्थामा दिनको शुरुवात हुन्छ), तिहारको विदा (३ दिन, समय कार्तिक महिनाको पात्रो अनुसार), महाशिवरात्री (हिन्दु पात्रोमा आधारित), अन्तरराष्ट्रिय महिला दिवस र होली (फागु पुर्णिमा पनि भनिन्छ र अन्तिम पुर्णिमाका दिन हिन्दु पात्रोअनुसार मनाइन्छ ) ।

आआफ्नो संस्कृति र धर्म अनुसार सरकारले चाडपर्वका बेला निश्चित समूहका मानिसहरूलाई विदा दिने पनि निर्णय गरेको छ ।

श्रोत: श्रम ऐन, २०७४ को §४१; नेपाली राजपत्र २०७७ को परिच्छेद ६९

साप्ताहिक आराम गर्ने दिनहरू

सबै श्रमिकहरूलाई हप्ताको साप्ताहिक आराम गर्ने विदाको (एक दिन प्रति हप्ता) हक हुन्छ । श्रम ऐनले साप्ताहिक आराम गर्ने दिनमा काममा लगाइएका श्रमिकहरूलाई सट्टा विदाका बारे पनि औल्याउछ । अझ भन्नुपर्दा, कानुनले दैनिक र साप्ताहिक काम गर्ने समयलाई क्रमशः ८ घण्टा र ४८ घण्टा तोकेकाले, नेपालमा ६ कार्य दिन छ भन्न सकिन्छ । तसर्थ, हप्ताको सातौ दिन साप्ताहिक आराम गर्ने दिन हो ।

श्रोत: श्रम ऐन २०७४ को §२८, ४०, र ४२

 
Loading...