यौनजन्य दुर्व्यवहार

This page was last updated on: 2024-03-30

यौनजन्य दुर्व्यवहार

कार्यस्थलमा यौनजन्य दुर्व्यवहार निषेध सम्बन्धी प्राथमिक कानुनी कार्यढाँचा कार्यस्थलमा यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७४ हो ।

नेपालको संविधान अन्तर्गत महिला विरुद्ध कुनै शारीरिक, मानसिक, यौनिक वा मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाहरू वा धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा र अन्य रितिहरूमा आधारित अत्याचार गर्न प्रतिवन्ध छ । यो कानुनमा दण्डनीय छ, जहाँ पिडितलाई क्षतिपूर्तिको हक हुन्छ । संविधानले वालवालिकाको यौन दुर्व्यवहारमा पनि वन्देज लगाएको छ ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ ले यौन दुर्व्यहारलाई "आफ्नो पद, शक्ति, वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दवाब प्रभावमा पारी, कुनै कर्मचारी वा सेवाग्राहीलाई शरीरको अंग छुने प्रयास गरेमा, यौनजन्य क्रियाकलापसँग सम्बन्धित वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, इशाराले, लेखेर, वा बोलेर यौनजन्य आशय व्यक्त गरेर र यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा रोजगारदाताले यौनजन्य दुर्व्यवहार गरेको मानिनेछ" भनेर परिभाषित गरेको छ ।

"मुलुकी (देवानी संहिता) २०७४" मा देशमा यौनजन्य दुर्व्यवहारमा बन्देज र दण्ड सजायको प्रावधान पाउन सकिन्छ । कुनै व्यक्ति जसले करणी गर्ने आशयले अर्को व्यक्तिलाई दुर्व्यवहार गर्छ, त्यस्तो व्यक्ति एक वर्ष नबढाईकन कैद र १०,००० रुपैयासम्मको जरिवानाको भागी हुन्छ । यसका अतिरिक्त, यस्तो कसुरको पिडितले कसुर गर्नेबाट यथोचित क्षतिपूर्ति पाउने हक हुन्छ । फौजदारी ऐनको दफा २२४ अन्तर्गत, यौनजन्य दुर्व्यवहार संलग्न भएको अपराध गर्ने व्यक्तिको लागि दण्ड भनेको तिन वर्ष नबढ्ने गरी कैद र ३०,००० रुपैयासम्मको जरीवाना हो ।

श्रम ऐन अनुसार, कार्यस्थलमा वा काम गर्दा यौनजन्य दुर्व्यवहार ठानिने कुनैपनि कार्य गर्ने अनुमती कसैलाई छैन । अवस्था र कार्यको गाम्भीर्यतालाई आधार मानेर, रोजगारदाताले यौनजन्य दुर्व्यवहार गर्ने पीडकलाई कामबाट निकाल्नेसम्मको सजाय दिन सक्नेछ । रोजगारदाताले यौनजन्य दुर्व्यवहार गरेमा, ट्रेड युनियन, पीडित वा परिवारका कुनै सदस्यले कानुन बमोजिम उजुरी हाल्न सक्छ ।

कार्यस्थलमा यौनजन्य दुर्व्यवहार (निवारण) ऐनले रोजगारदातालाई यौनजन्य खराब आचरणको रोकथाम गर्ने आवश्यक बन्दोबस्त गर्ने, यौनजन्य दुर्व्यवहार रोकथाम गर्न कर्मचारी र सेवाग्राहीलाई सजग बनाउन, पुन: दोहोरिन नदिन आवश्यक उपाय अपनाउने, आवश्यकता अनुसार पीडितहरूलाई मनोविमर्श उपलब्ध गराउने, र कार्यस्थलमा उजुरी पेटिका राख्ने आदिको पालना गराउछ ।

यदि कुनै व्यक्तिलाई कर्मचारीलाई यौनजन्य दुर्व्यवहार गरेको दोषी पाइएमा, उनीहरूलाई, कसुरको प्रकृतिको अनुसार छ महिनासम्मको कैद र पचास हज्जारसम्मको जरीवाना वा दुबैले दण्डित गरिनु पर्छ । उजुरी गर्दा वा उजुरीको बचाव गर्दा, साथै यौनजन्य दुर्व्यवहारका कारण शारीरिक र मानसिक क्षतिका कारण लागेको वास्तविक खर्चको बराबरको क्षतिपूर्ति पिडितलाई दिन कानुनले दोषीलाई दायित्व तोकेको छ ।

श्रोत:नेपालको संविधान २०७२ को §३८(३) र ३९ (६) ; श्रम ऐन २०७४ को § १३२; कार्यस्थलमा यौनजन्य दुर्व्यवहार (निवारण) ऐनको §४, ५, १२, र १३ ; मुलुकी ऐन (देवानी संहिता) २०७५ को § परिच्छेद १३(१) र परिच्छेद १४; § मुलुकी फौजदारी संहिता ऐन २०७५ को §२२४

 
Loading...