मातृत्व र काम

This page was last updated on: 2025-01-25

सुत्केरी विदा

गर्भवती श्रमिकलाई १४ हप्ताको सुत्केरी विदाको हक छ । सुत्केरी हुनु अघिको विदा (बच्चा जन्मनु अघि) दुई हप्ता हो भने, सुत्केरी भइ सकेपछि (बच्चाको जन्मपछि ) छ हप्ता हो । यसका अतिरिक्त, शल्यक्रिया (सिजारियन) गरेर बच्चा जन्मिएको खण्डमा, विज्ञ डाक्टरको सिफारीसमा उक्त श्रमिकलाई त्यस्तो शल्यक्रियाभन्दा तिस दिन अघि वा पछि सम्मको अधीकतम तिस दिनको अतिरिक्त तलबी विदा लिने हक हुन्छ ।

यदि गर्भवती श्रमिकले गर्भ बसेको मितिले सात महिनापछि मृत शिशुलाई जन्म दिएमा वा गर्भ तुहिएमा, उनलाई १४ हप्ताको सुत्केरी विदाको हक हुन्छ ।

बच्चालाई जन्म दिइसकेपछि, यदि प्रमाणित चिकित्सकले सम्बन्धित महिला श्रमिकलाई आफू र आफ्नो बच्चाको स्वास्थ्यका लागि आरामको सिफारिस गरेमा, रोजगारदाता एक महिनाको बेतलबी विदा दिनका लागि वाध्य हुनेछ । विस्तार गरिएको विदा अन्य विदासँग (घर विदा, विरामी विदा, आदि) पनि मिलान गर्न सकिनेछ र सुत्केरी विदापछि शुरु गर्न सकिन्छ ।

श्रोत:श्रम ऐन २०७४ को §४५; सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार, २०७५ §१३ र १४

आम्दानी

श्रम ऐन अन्तर्गत, गर्भवती श्रमिकलाई ६० दिनको पूर्ण तलबयुक्त सुत्केरी विदाको हक हुन्छ, र वाँकी अवधिका लागि, बेतलबी हुनेछ । यद्दपी, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकार २०७५ अनुसार १४ हप्ताको पूर्ण तलबी विदा हुनु पर्छ ।

श्रम ऐन अनुसार रोजगारदाताले ६० दिनसम्मको सुत्केरी विदाका लागि तलब दिनु पर्छ । यद्दपी, जब महिला श्रमिकले सामाजिक सुरक्षा कोषबाट सुत्केरी विदाका लागि पारिश्रमिक पाउने हुन्छिन्, रोजगारदाताले त्यस्तो अवधिको विदाका लागि पारिश्रमिक दिनु पर्दैन ।

श्रोत:श्रम ऐन २०७४ को §४५ र ४७; सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार, २०७५ को §१३ (१)

नि:शूल्क चिकित्सकीय स्याहार

श्रम ऐन २०७४ मा जन्मपूर्व, जन्मदा वा जन्म पश्चात चिकित्सकीय सहायता प्रावधान पहिचान गर्न सकिएन। यद्दपी, रोजगारदाताले हरेक श्रमिकका लागि वार्षिक न्यूनतम एक लाखको स्वास्थ्य वीमा लिनु उसको दायित्व हो । स्वास्थ्या वीमाका लागि विमांक समानुपातिक रुपमा रोजगारदाता र कर्मचारीले व्यहोर्छन् ।

चिकित्सकीय सुविधाहरू संचय कोष मार्फत उपलब्ध गराइन्छ, जसमा कर्मचारीले योगदान गरिरहेकै हुनै पर्छ । चिकित्सकीय सुविधा रोजगारदाताको दायित्व हो (अत्यावश्यक चिकित्सकीय सेवाहरू) । त्यस्तो चिकित्सकीय सुविधाका लागि न्यूनतम योग्यता अवधि छैनन् । त्यस्ता चिकित्सकीय सुविधाहरू पनि छन् जुन सर्वव्यापी छन् र जसका लागि न्यूनतम योग्यता अवधि पनि छैन । निश्चित उपचारका लागि, १००,००० रुपैया वा खर्चको ५०% मध्ये जुन कम हुन्छ संचय कोषले त्यति बराबरको स्वास्थ्य सुविधा प्रदान गर्न सक्छ ।

श्रोत: श्रम ऐन, २०७४ को §५३; नेपाल कर्मचारी संचय कोष ऐन, २०७६

मातृत्व तथा कामका नियमनहरू

  • Nepal Labour Act, 2017
 
Loading...