विरामी विदा तथा रोजगारमा हुँदा चोटपटक लागेमा प्राप्त हुने सुविधाहरू

This page was last updated on: 2024-03-30

आम्दानी

श्रम ऐन २०७५ विरामी विदा र सुविधाहरूको कानुनि कार्यढाँचा हो । कर्मचारीलाई हरेक वर्ष १२ दिनको तलबी विरामी विदा पाउँछन्। एक वर्षभन्दा कम लगातार काम गरेको कर्मचारीहरूका लागि यो सुविधा समानुपातिक रुपमा घटेको हुन्छ । लगातारको तिन दिनभन्दा धेरैको विरामी विदा लिनका लागि कर्मचारीले चिकित्सकको प्रमाणपत्र बुझाउनै पर्छ । १२ दिनको अवधिमा कर्मचारीको शत प्रतिशत पारिश्रमिक दिन रोजगारदाता दायित्व हुन्छ । यस्ता सुविधाहरू चालु रोजगारीमा रहेका र चिकित्सकको प्रमाणपत्र दिने व्यक्तिहरूका लागि लागु हुन्छ । अझ, जब अकस्मात विरामी भएर तत्काल विरामी विदा आवश्यक हुन्छ, त्यस्तो श्रमिकले उपलब्ध संचार माध्यम मार्फत तत्काल रोजगारदातालाई सूचित गर्नु पर्छ ।

श्रोत: श्रम ऐन, २०७४ को §४४

कामको सुरक्षा

हरेक श्रमिकलाई वर्षको १२ दिन विरामी विदाको हक हुन्छ । विरामी विदा र किरिया विदा, र सुत्केरी विदा अधिकारका रुपमा दावी गर्न सकिनेछ । अन्य कुनै विदाका लागि, प्रवन्धकको स्वीकृति आवश्यक पर्छ ।

उपचारका कारणले काम गर्न असक्षम कुनै पनि श्रमिकको रोजगार ६ महिनासम्म रोजगारदाताले अन्त्य गर्न सक्दैन । तर, कामदारले पुनः काममा आउन नसकेको विषयमा चिकित्सकबाट स्पष्ट सिफारिस आएमा रोजगारदाताले छ महिनाभित्र रोजगारी अन्त्य गर्न बाध्य हुने छैनन् ।

काम गर्दा भएको दुर्घटना वा व्यवसायिक रोगका कारण अस्पतालमा उपचाररत् अथवा घरमा उपचार शुरु भएको १ वर्षको अवधिभित्र रोजगारदाताले कुनै पनि श्रमिकको रोजगार अन्त्य गर्नु हुदैन । उपचारको यस्तो अवधिमा रोजगारदाताले पूरा तलब दिनु पर्छ । यति भन्दै गर्दा, यदि उपचारको अवधिका लागि सामाजिक सुरक्षा कोषबाट उक्त पारिश्रमिक पाउने हो भने रोजगारदाताले त्यस्तो पारिश्रमिक दिनु पर्दैन ।

अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन ,२०७५ ले पनि अपाङ्गता हुँदा कामको सुरक्षाको कुरा गर्दछ । मानौ एउटा कर्मचारी अपाङ्ग भएको छ र आफ्नो पहिलाको काम गर्न सक्दैन । त्यस्तो अवस्थामा रोजगारदाताले त्यस्तो कामदारलाई समान तलब र सुविधा सहितको अर्को पदको काम गर्न तोक्न सक्नेछ । त्यस्तो कर्मचारीलाई अर्को पदको काम गर्न तोक्न सम्भव नभएमा रोजगारदाताले त्यस्तो कामदारलाई उपयुक्त हुने अर्को पदको सिर्जना गर्नु पर्ने हुन्छ वा त्यस्तो श्रमिक सेवा निवृत नहुन्जेल अतिरिक्त पद कायम राख्नु पर्ने हुन्छ ।

अपाङ्गतादेखि बाहेक, कानुनले विरामी श्रमिकको कामको सुरक्षा नियमन गर्दैन; बरु यसले रोजगारको अवधिलाई यस्तो अवधिका रुपमा परिभाषित गर्छ जुन भनेको काममा वा काम गर्दा दुर्घटना भएको खण्डमा रोजगारदाताबाट उपचारका लागि लिएको विदालाई पनि रोजगार अवधि मानिन्छ ।

श्रोत : श्रम ऐन २०७४ को §२० (४) ; अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को §२४ (७ & ८)

 
Loading...