पारिवारिक जिम्मेवारीहरू

This page was last updated on: 2024-03-30

पितृत्व विदा

श्रम ऐनले बच्चा जन्मिएको समय पारेर पन्ध्र दिनसम्म पुरुष श्रमिकलाई तलबी पितृत्व विदा (सुत्केरी स्याहार विदा) रोजगारदाताले उपलब्ध गराउनु पर्ने तोकेको छ । यदि प्रसुती भएको साठी दिन अघि श्रीमतीको मृत्यु भएमा, श्रमिकले आफ्नो रोजगारदाताबाट सुत्केरी विदाको वाँकी अवधिबाट (अधीकतम सुत्केरी विदा १४ हप्ता हो) तलबी विदा लिन सक्छ ।

श्रोत: श्रम ऐन २०७४ को §४५, ( ६ र ७)

अभिभावक विदा

अभिभावक विदाको कुनै प्रावधान श्रम ऐनमा छैन । यद्दपी, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार २०७५ अन्तरगत, गर्भवती श्रमिकले चिकित्सकको सिफारीसमा अधीकतम एक वर्षको बेतलबी विदा लिन सक्नेछिन् ।

श्रोत: सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐन (२०७५) को §१३

अभिभावकहरूका लागि लचिलो कामको विकल्प / काम र जीवनको सन्तुलन

श्रम ऐन २०७४ मा नावालीग बच्चा र अन्य पारिवारिक जिम्मेवारी भएका श्रमिकहरूका लागि लचिलो कामको विकल्प छैन । सामान्यतया यस कानुनले आंशिक काम र त्यसका शर्तहरू परिभाषित गर्छ । सहमती बिना आंशिक काममा कुनै श्रमिकलाई लगाउन सकिदैन ।

श्रोत: श्रम ऐन २०७४ को §१९

 
Loading...