रोजगारीको सुरक्षा

This page was last updated on: 2024-03-30

लिखित रोजगार विवरणहरू

नेपालको श्रम ऐनले रोजगारको सम्झौता नगरीकन श्रमिकलाई रोजगारमा लगाउन निषेधित गरेको छ । रोजगार सम्झौतालाई "रोजगारदाताले श्रमिकलाई दिएको नियुक्ति पत्र र रोजगार सेवा, शर्त र सुविधा सम्बन्धी रोजगारदाता र श्रमिक बीचको सम्झौता " का रुपमा परिभाषित गरेको छ । रोजगारदाताले नयाँ श्रमिकलाई रोजगार सम्झौता (नियुक्ति पत्र) लिखित रुपमा दिनै पर्छ । रोजगारदाताले मौखिक रुपमा पनि श्रमिकलाई काममा लगाउन सक्छन् ।

रोजगारदाताले कानूनको पालना गरी पारिश्रमिक, कामदारले पाउने सुविधा, रोजगारीको शर्त र रोजगार करारमा पहिल्यै अन्य कुरा तोक्नु पर्दछ । त्यसका साथै, श्रम नियमावली २०७५ ले रोजगार करारमा अनिवार्य खुलाउनै पर्ने विवरणहरू पनि वर्णन गरेको छ, जसमा समावेश छन्; रोजगारको प्रकृति, कामको विवरण र ओहदा, श्रम ऐन २०७४ को दफा १०८ अन्तरगतका स्थापित उद्योग स्तरका विनियमहरू करारको अत्यावश्यक भाग हुने, करार गरेको ठाउँ, स्थान, समय र कार्यान्वयन प्रभावमा आउने मिति, र रोजगारका अन्य सान्दर्भिक शर्तहरू । माथिको जानकारीबाट यो बुझ्न सकिन्छ की काम शुरु गर्नु अघि श्रमिकहरूलाई रोजगारको करार दिइएको हुन्छ । यद्दपी, आकस्मिक श्रमिकहरूलाई (एक महिनामा सात दिन वा कम) काममा लिन लिखित करारको आवश्यकता छैन ।

रोजगारी समाप्त भएको कामदारले अनुभवको प्रमाणपत्रका लागि अनुरोध गरेमा रोजगारदाताले त्यस्तो कामदारको सेवा अवधि र पदनाम उल्लेख गरी त्यस्तो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

श्रोत: §२, ११, १२, १०८ (विनियमहरू), र श्रम ऐन २०७४ को १५०; नेपाल श्रम नियमावलीहरू, २०७५ को नियम ४

निश्चित अवधिका करारहरू

श्रम ऐन २०७४ ले निश्चित अवधिको करारको प्रयोगलाई नियमन गर्दैन, तर यसले रोजगारीलाई निम्न वर्गमा वर्गीकृत गर्दछ: • नियमित रोजगार भनेको कुनै पनि प्रकारको रोजगारी हो, जुन काममा आधारित रोजगार, समय-आधारित रोजगार, र आकस्मिक रोजगार बाहेक अन्य कुनै पनि प्रकारको रोजगार हो। • काममा आधारित रोजगारलाई यस्तो रोजगारका रुपमा परिभाषित गरिन्छ जुन रोजगारदाताले निश्चित काम वा सेवाका लागि उपलब्ध गराउछ । • समयमा आधारित रोजगार त्यस्तो रोजगार हो जुन रोजगारदाताले उपलब्ध गराउछ वा श्रमिकलाई गर्नु पर्ने सेवा वा कामको अवधि तोकेर त्यस अवधिमा गर्नुपर्ने गरी दिएको हुन्छ । • आकस्मिक रोजगारी भनेको कामदारले एक महिनाभित्र सात दिन वा सोभन्दा कम अवधिसम्म कुनै सेवा वा कुनै काम गर्नुपर्ने शर्तमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने वा उपलब्ध गराएको रोजगारी हो • आंशिक रोजगारी भनेको यस्तो रोजगारी हो जुन रोजगारदाताले उपलब्ध गराएको छ वा गराउछ यस्तो शर्तमा की श्रमिकले सात दिनमा पैतिस घण्टा वा कम अवधिमा काम सक्नु पर्छ ।

श्रम नियम २०७५ अन्तर्गत, उद्योगसँग समयमा आधारित रोजगारी पूरा गरेपछि काम गर्न जारी राखेमा श्रमिकलाई नियमित रोजगारमा भएको मानिन्छ । यदि अवधि खुलाएको छैन भने, रोजगारको अवधि एक वर्ष नाघेपछि, श्रमिक नियमित काममा भएको मानिन्छ ।

यो माथिबाट बुझ्न सकिन्छ की श्रम कानुनले स्थायी प्रकृतिको कामका लागि निश्चित-अवधिको करारमा भएका श्रमिकहरूलाई लिन बन्देज लगाएको छैन ।

श्रोत: श्रम ऐन २०७४ को §१० (१-५) ; श्रम नियम २०७५ को §२

परीक्षण काल

परीक्षण काल श्रम ऐन अन्तरगत नियमन गरिएको छ । यसले अधीकतम परीक्षणकाल ६ महिना तोकेको छ । श्रमिकको सन्तोषजनक कार्यसम्पादन नभएका कारण रोजगारदाताले रोजगार अन्त्य गर्न सक्छ । यदि प्रशिक्षण अवधि (बढीमा एक वर्ष), पूरा भएपछि रोजगारदाताले उही कर्मचारी लिएमा त्यस्तो श्रमिकलाई परीक्षणकाल लागु हुदैन ।

श्रोत: श्रम ऐन २०७४ को §१३, र १८(४)

 
Loading...